Tuesday, February 16, 2021

सशस्त्र प्रहरीद्वारा लागुऔषध बरामद

 

सशस्त्र प्रहरीद्वारा  लागुऔषध बरामद


लोकतन्त्र समाचारदाता----

सर्लाही ,फाल्गुन ४

      सर्लाहीको ब्रह्मपुरी  गाउँपालिका वडा न- ४ त्रिभुवननगरबाट सशस्त्र प्रहरीले वेवारिसे अवस्थामा फालेको लागुऔषध फेला  पारेको छ ।

     त्रिभुवननगर  स्थित काली मन्दिर बोर्डर एरियामा सोमबार साँझ करिब ५ बजेको समयमा एकजना अज्ञात ब्यक्ति  भारतबाट कार्टुनमा प्याक गरि टाउकोमा बोकेर ल्याउँदै गरेको लागुऔषध   बोर्डर आउट पोस्ट त्रिभुवननगरको गस्ती टोलीलाई देख्ने बित्तिकै दशगजामा फालेर भारततर्फ भागेका थिए ।उक्त  कार्टुन खोलेर  चेकजाँज गर्ने क्रममा  सय एमएलको १२५ बोतल  टोफेक्स नामक लागुऔषध  बरामद भएको सशस्त्र प्रहरी श्रोतले जनाएको छ ।

    बरामद भएको लागुऔषध  आवश्यक कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा  बुझाइएको सशस्त्र प्रहरीले  जानकारी दिएको छ ।


No comments:

Post a Comment