Friday, February 19, 2021

अपाङ्गता भएका किशोर किशोरीहरुलाई सहायक सामग्री वितरण





राधेश्याम कुशवाहा----

सर्लाही ,फाल्गुन ७

   सर्लाहीको कौडेना गाउँपालिकामा ५ जना शारिरिक अपाङ्गता भएका किशोर किशोरीहरुलाई सहायक सामग्री वितरण गरिएको छ । भिएसओ नेपाल, एच.आई. र प्रेरणाको साझेदारीमा संचालित  किशोरी सशक्तिकरणको लागी शिक्षा कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरिएको हो । 

 

    कौडेना गाउँपालिकामा १० देखी १९ बर्ष उमेर समूहका ४२ जना अपाङ्गता भएका किशोर किशोरीहरु आवद्ध रहेका छन । जस मध्येबाट आवश्यक भएका ५ जनालाई छनौट गरि सहायता सामाग्री  वितरण गरिएको प्रेरणाका  कार्यक्रम संयोजक रामचन्द्र चौधरीले जानकारी दिए ।

कौडेना गापा-३ का रोशन कुमार राय र वडा न- ४ का ओम कुमार पासवानलाई ह्वील चेयर र गेटर ,वडा न-२ इनर्वाका मुनेन्द्र ठाकुरलाई वाकर रगेटर, भरत मुखियालाई फुट गेटर र वडा न-४ मोतिपुरकी  रीना साहलाई घाँटीमा लगाउने नेक बेल्ट सहयोग गरिएको चौधरीले जानकारी दिए । 

  सहयोग सामाग्री पाएका अपाङ्गता भएका किशोर किशोरीका अविभावकहरु आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै संस्थालाई धन्यवाद दिएका थिए ।

    ईन्गेज परियोजना मार्फत मंलगवा र कौडेनामा  विद्यालय बाहिर रहेका तथा अपाङ्गता भएका किशोर किशोरीहरुका लागी शिक्षा कार्यक्रम संचालन गदै आएको छ ।संस्थाले  बिद्यालय बाहिर रहेका ३८६ जना किशोरीहरुलाई यसै बर्ष बिद्यालय भर्ना गराउनुका साथै  २७० जनालाई जिविकोपार्जनका लागि विभिन्न शिप मुलक कार्यक्रम गर्दै  आएको चौधरीले बताए ।  २ जना सुनाई सम्बन्धी अपाङ्गता र १ जना दृष्टी सम्बन्धी अपाङ्गता भएकाहरुलाई समेत श्रोत कक्षामा भर्ना गराएको उनले जानकारी गराए ।

No comments:

Post a Comment