Monday, March 1, 2021

विप्लव समूहका सर्लाही इन्चार्ज सुस्लिङ पक्राउ

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,फाल्गुन १७

  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कमल बहादुर सुस्लिङलाई प्रहरीले पक्राउ गरेको छ ।

 

     महोत्तरी इन्चार्ज समेत रहेका सुस्लिङलाई महोत्तरीको  इलाका प्रहरी कार्यालय गौशालाका  प्रहरी टोलीले आइतवार साँझ गौशाला नपा वडा न-११ स्थित तारेचौरीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जनाइएको छ । 

    चन्दा आतंक मच्चाएको भन्दै प्रहरीले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो । थप अनुसन्धनका लागि उनलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ।


No comments:

Post a Comment