Wednesday, February 16, 2022

पत्रकार क्षितिज बिश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय समाजवादी प्रेस संगठन नेपाल गठन

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ४

   नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)  निकट समाजबादी प्रेस संगठन नेपालको सर्लाही भेलाले पत्रकार   क्षितिज बिश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय जिल्ला  कमिटी गठन गरेको छ । 

   पार्टी केन्द्रिय सदस्य तथा प्रदेश सभा सांसद बेची लुंगेलीको प्रमुख आतिथ्यतामा उद्योग  वाणिज्य संघ लालबन्दीको सभाहलमा भएको  भेलाले पत्रकार बिश्वकर्माको अध्यक्षतामा समाजवादी प्रेस संगठन नेपाल गठन गरेको हो ।

 नवगठित १७ सदस्यीय  कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा रिना आले, उपाध्यक्षमा अनिता साह, सचिबमा बिप्लब पोखरेल, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सह–सचिबद्वयमा कौसिला दर्नाल एवं रञ्जना राई सहित अन्य सदस्यहरु चयन भएका छन । 

त्यस्तै सोही भेलाले कश्यप बरालको संयोजकत्वमा राघब शर्मा, मुकुन्द ढुङ्गेल, ढुण्डी राज पोखरेल र प्रेम राज दाहाल रहेको सल्लाहकार समिती समेत चयन गरेको छ ।

    भेलामा सह–सचिव नवराज मिश्र, पार्टीका सर्लाही जिल्ला प्रचार बिभाग प्रमुख चुडामणि वाग्ले लगाएतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment