Sunday, February 20, 2022

लालबन्दीका डेढ सय भन्दा बढी अतिविपन्न परिवारलाई राहत स्वरूप चामल वितरण गरियो

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,फागुन ८

    सर्लाहीको लालबन्दी नगरपालिका वडा न-९ बस्तीपुरका अतिविपन्न परिवारलाई चामल वितरण गरिएको छ। नेपाली कांग्रेस मधेस प्रदेश समितिका सदस्य तथा समाजसेवी  ध्रुव रिजालले आज(शनिवार) मेधस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा आयोजित

एक कार्यक्रमका बिच बस्तीपुरका १५३ परिवारलाई चामल वितरण गरेका हुन्। लालबन्दी नपा कै वडा न-५ रन्जितपुरका स्थानीय बासी समेत रहनु भएका समाजसेवी  रिजालले प्रति परिवार २० किलोको एक-एक बोरा चामल वितरण गरेका हुन ।

  कार्यक्रमका प्रमुख अतिथि कांग्रेस मधेस प्रदेश उपसभापति समेत रहेका मन्त्री  सिंहले विपन्न र गरिबलाई माया गर्ने एक मात्रै पार्टी कांग्रेस मात्रै भएकोले आगामी निर्वाचनमा कांग्रेसलाई मतदान गरेर बिजयी गराउन आग्रह गरे ।देशमा संकट आएको बखत नेपाली कांग्रेस फलामझै भएर खडाहुने गरेको बताउदै,मन्त्री सिंहले बामपंथी र मधेस बादी दलका कारण देश दलदलमा परेको बताए । उनले ४ वर्ष अघि बामपंथीहरूकाे भुलभुलैयामा परेर जनताले उनिहरूलाई दिएको बहुमत त्यसै खेरगएकाे बताएका छन् ।

उनले आउदै गरेको स्थानीय तह लगायतका चुनावमा जनताले बिचार गरेर मात्र मतदान गर्नुपर्ने र कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने उनको तर्क थियो ।

    कांग्रेस नेता रिजालले केही साताअघि आफ्नै गाउँ लालबन्दी।नपा वडा म-५, मा  चिसो प्रभावित परिवारलाई कम्बल वितरण गरेका थिए ।बेलाबखत उनलेे आर्थिक अवस्था कमजोर भएका दिवंगत व्यक्तिका परिवारलाई आर्थिक सहयोग समेत गर्दै आइरहेका छन् । आगामी दिनमा पनि आफ्नो सहयोगका कार्यक्रम निरन्तर जारी रहने उनले बताए । 

   उनले पहिलो चरणमा लालबन्दीको वडा नंं. १ देखि वडा न- १७ सम्म नै यस्ता सहयोगका कार्यक्रमले निरन्तरता पाउने बताए ।

   नेपाली कांग्रेसका स्वतन्त्रता सेनानी तथा वयोवृद्ध नेता देवराज पाैडेलकाे अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा काग्रेस सर्लाहीका नेता कार्यकर्ताहरूकाे उल्लेखनीय उपस्थिति रहेको थियोे ।

No comments:

Post a Comment