Thursday, February 17, 2022

सर्लाहीमा बिधुत सर्ट भएर आगलागी हुँदा ७ लाख भन्दाबढीको क्षति

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ५

     एकेैदिन सर्लाहीको दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुदाँ ७ लाख भन्दाबढीको क्षति भएको छ ।

     हरिपुर नगरपालिका वडा न-३ फरहदवा स्थित स्थानीय राधेश्याम ठाकुरले संचालन गरेको फुड प्रोडक्सन दाल फ्याक्ट्रीमा बुधबार साँझ बिधुत्त सर्ट भएर आगलागी हुँदा फ्याक्ट्री भित्र रहेको मेसिन,कच्चापदार्थ र बाँसको छाप्रो लगायत अन्य सामानहरु जलेर नष्ट हुँदा ५ लाख ४० हजार रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

   त्यसैगरी सोही दिन जिल्लाको बागमती नपा वडा न-४ बस्ने देवराज सिङ्तानको एकतल्ले ३ वटा कोठा भएको फुसको घरमा बिधुत्त सर्टभएर आगलागी हुँदा घरभित्र रहेको लत्ताकपडा,अन्नपात,भाँडावर्तन र फुसको घरसमेत जलेर नष्ट हुँदा अन्दाजी २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

     


No comments:

Post a Comment