Monday, February 14, 2022

सर्लाही खण्डको हुलाकी राजमार्ग निर्माणको जिम्मा हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरको जिम्मा

 



 ===अब जनतामा हुलाकी सडक बन्ने आशा जाग्यो: मेयर निरसल साह(मलंगवा)===

लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १

      वर्षौंदेखि निर्माणाधीन अवस्थामा रहेको सर्लाहीको जिर्ण हुलाकी सडकको निर्माणको जिम्मा यसअघि  सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर, रौतहटले लिएको मा अब उक्त हुलाकी सडक गत माघ २७ गतेको मन्त्रीस्तरीय बैठकबाट हुलाकी राजमार्ग योजना कार्यालय, जनकपुर मातहत रहने निर्णय भएको छ।मन्त्रिस्तरीय बैठकबाट उक्त सडक निर्माणको जिम्मा हुलाकी राजमार्ग योजना कार्यालय, जनकपुरलाई दिने निर्णय भएपछि  सडक निर्माण तथा  कालोपत्रे हुने आशा जागेको मलंगवा नगरपालिकाका मेयर निरसल साहले बताएको छ

   सर्लाही र महोत्तरी जिल्लाको सिमामा पर्ने पर्सा गाउँपालिका वडा न-१ सितलपुरदेखि जिल्लाको दक्षिण-पश्चिम बलरासम्मको हुलाकी सडक वर्षौदेखि जर्जर अवस्थामा रहेको छ । वर्षामा हिलो र सुख्खा मौसममा धुलोबाट जुझ्दै आएका यहाँका जनतामा सडक बन्ने आश नै मेटिसकेको थियो।अब बल्ल यो सडक संघीय सरकार मातहत राष्ट्रिय गौरवको आयोजनामा परेपछि जनताहरुमा कालोपत्रे हुने आशा केही पलाएको छ। यसअघि सर्लाही जिल्लाको हुलाकी सडक प्रदेश सरकारको मातहतमा राखिँदा बजेटको अभाव देखाउँदै निर्माण कार्य अलपत्र छाडिएको थियो ।

   हुलाकी राजमार्ग योजना कार्यालय, जनकपुरका प्रमुख कृष्ण कुमार महतोले यसअघि प्रदेश सरकारबाट टेण्डर हुँदा कालोपत्रे मात्रै गर्ने उल्लेख भएको र अब थप कल्भर्ड, नाला लगायतका संरचना निर्माणका लागि अर्को ठेक्काबाट काम गर्न लागत अनुमान तयार पारेर मन्त्रालयमा पेश भइसकेको र एक हप्ताभित्रै सदर भएर आउने बताए । उनले ठेक्का भएको सुरुको वर्षमा बिनियोजित बजेटबाट हुने काम भएपनि त्यसपछि लगातार पछिल्लो दुई वर्ष बजेट नै विनियोजन नभएकाले काम हुन नसकेको जानकारी दिए ।अब राष्ट्रिय गौरवको आयोजनाहरुमा प्रगतिको आधारमा बजेट आउने भएकाले सर्लाही खण्डको पूर्व-पश्चिम हुलाकी सडक कालोपत्रेका लागि बजेट अभाव नहुने उनले बताए ।

   तीन खण्डमा ठेक्का लागेको सडक अहिलेकै ठेकेदारमार्फत आगामी बैशाखसम्म कालोपत्रे गरिसक्ने आफूहरुको योजना रहेको कार्यालय प्रमुख महतोले बताए ।

No comments:

Post a Comment