Saturday, February 12, 2022

सर्लाहीको पिडारीमा मिनिरल वाटरको फ्याक्ट्रीमा आगलागी, लाखौंको क्षति

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ २९

   सर्लाहीको हरिपुर नगरपालिका वडा न–९, पिडारी स्थित एक मिनिरल वाटर(पानी) को फ्याक्ट्रीमा विधुत सर्ट भएर आगलागी हुँदा २३ लाख ३० हजार मूल्य बराबरको क्षति भएको छ। 

     बिहीबार राती करिब सवा ११ बजे पिडारी स्थित स्थानीय रामबाबु साहले संचालन गरेको राजश्री प्रोडक्ट पानी फ्याक्ट्रीमा  बिजुलीको तार सर्ट भएर आगलागी हुँदा फ्याक्ट्रिमा रहेको तीनवटा मेसिन र नगद तीन लाख ३० हजार रुपैया समेत जल्दा सो बराबरको क्षति भएको जिल्ला  प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

   उक्त आगलागी स्थानीय र प्रहरीको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको जिप्रकाले जनाएको छ।

No comments:

Post a Comment