Sunday, February 20, 2022

नवलपुरमा माछा बोक्ने गाडीबाट लागुऔषध गाँजासहित तश्करहरु पक्रन सफल भएका ५ जना प्रहरी कर्मचारीहरु पुरस्कृत

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ८

   ईलाका प्रहरी कार्यालय लालबन्दीले ५ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरेको छ। 

     पुरस्कृत हुनेहरुमा प्र.ना.नि. मनोज कुमार ठाकुर,प्र.ह.बिपिन कार्की,प्र.ह सुबोध कुमार सिंह, प्र.ज गणेश श्रेष्ठ र प्र.ज विकाश क्षेत्री रहेका छन् ।


    शनिवार बिहान सवा सात बजे  लालबन्दी  नगरपालिका वडा न-१ नवलपुर स्थित पुर्व पश्चिम लोकमार्गमा प्र.ना.नि मनोज कुमार ठाकुरको कमाण्डमा खटिएको चेकिङ टोलीले पश्चिम देखि पुर्व तर्फ आइरहेको प्र ३-०१-०२४ च ७५९१ नम्बरको माछा बोक्ने योद्धा पिकअप गाडिलाई रोकी चेकजाँच गर्दा उक्त गाडीको पछाडी भागमा रहेको २ ओटा पहेलो रंगको प्लाष्टिकको ड्रममा १६ वटा प्लाष्टिकको पोकामा प्याकिङ गरि ल्याएको १२६ किलो लागूऔषध गाँजा फेला पारी उक्त गाडीमा सवार चालक जिल्ला धादिङ सिदुलेख गाउँपालिका वडा नं-६ वस्ने अन्दाजी वर्ष २२ को सुरेन्द्र बि.क. र सोही गाडीमा सवार मकवानपुर जिल्ला कैलाश गा.पा-२ वस्ने अन्दाजी वर्ष ४८ को भिमलाल मोक्तानलाई नियन्त्रणमा लिई निजहरुको खानतलासी गर्दा साथबाट २ थान मोबाईल सेट र नगद रु.८५,०००।–(पचासी हजार) समेत फेला पारी निजहरुलाई गाँजा तथा गाडी सहित पक्राउ गर्न सफल भई उत्कृष्ट कार्य गरेको हुँदा उनीहरूलाई ई.प्र.का लालबन्दीको तर्फबाट नगदसहित पुरस्कृत गरिएको हो।









No comments:

Post a Comment