Saturday, February 5, 2022

हिन्दु परिषद नेपालको मलंगवा नगरपालिका वडा न-७ मा वडा कमिटी गठन

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ २२

     सर्लाहीको मलंगवा नगरपालिका वडा न-७ मा  हिन्दु परिषद नेपालको वडा कमिटी गठन भएको छ।

     मलंगवा नगरपालिका वडा न-७ गणेशिया चौकमा संजय कुमार रायको अध्यक्षतामा सनिवार बसेको नगर समितिको बैठकबाट १८ सदस्य रहने गरि मलंगवा नगरपालिका वडा न-७ को वडा कमिटी गठन भएको हो।

     नगर समितिका कोषाध्यक्ष सुवोधहरि राजोपाध्यायले दिएको जानकारी अनुसार नगर समितिको बैठकबाट अध्यक्ष पदमा राम कैलाश यादव,प्रथम उपाध्यक्षमा रितुराज यादव,द्वितीय उपाध्यक्षमा श्याम नन्दन यादव यस्तै सचिवमा सुनिल यादव,स-सचिवमा सरोज यादव,कोषाध्यक्षमा रजनिश यादव र प्रवक्ताको पदमा रवी यादवलाई सर्वसम्मतिबाट चयन गरिएको छ।

   यो सँगै सो कमिटीको ११जना सदस्यहरु पनि सर्वसम्मतिबाट चुनिएका छन् ।


No comments:

Post a Comment