Thursday, February 10, 2022

रौतहटको लक्ष्मीनिया घटनाको विरोधमा हिन्दु परिषद नेपाल द्वारा मलंगवामा प्रदर्शन




लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ २७

हिन्दू परिषद नेपाल मलंगवाले मलंगवा बजारमा दवाब मुलक विरोध जुलुस  निकालेर प्रदर्शन गरेका छन् ।

     सरस्वती पुजामा रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको लक्ष्मीनियामा मुर्ति विसर्जन यात्राको क्रममा केही व्यक्तिहरु द्वारा भएको आक्रमणको विरोध तथा आक्रमण गर्ने  ब्यक्तिहरुलाई कार्यवाही गर्न दवाब सृजना गर्न हिन्दु परिषद नेपाल मलंगवा नगर कमिटीका युवाहरुले  मलंगवा बजारमा  विरोध जुलुस  निकालेर प्रदर्शन गरेका हुन।

   नगर संयोजक धीरेन्द्र मिश्रको अध्यक्षतामा भएको  विरोध जुलुसमा नगर कमिटीका अध्यक्ष संजय राय,सचिव अनिल यादव, सहसचिव विकास गुप्ता ,निखिल झा,जितेन्द्र ठाकुर,वडा न-७ वडा कमिटी अध्यक्ष राम कैलाश यादव, वडा न-१ वडा कमिटी अध्यक्ष धर्मेन्द्र महतो,

जय किशोर यादव ,धर्मेन्द्र टाका यादव लगायत विभिन्न वडा कमिटीका पदाधिकारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो।


No comments:

Post a Comment