Monday, February 14, 2022

आगो ताप्ने क्रममा जलेर एक बिरामी वृद्धको मृत्यु

 




लोकतन्त्र समाचारदाता--- 

सर्लाही,फाल्गुन २

    सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ ।

   जाडो छल्न आगो तापीरहेका  जिल्लाको बागमती  नगरपालिका वडा न-८,गिरी टोल निवासी रामअशिष साहको जलेर मृत्यु भएको छ ।

    अन्दाजी ६५ वर्षीया साह आज (सोमबार) बिहान आफ्नो घर अगाडी आगो बालेर तापीरहँदा उनको शरीरमा आगो सल्केको थियो ।

     उनी विगत २ वर्षदेखि प्यारालाइसिस रोगबाट ग्रसित  रहदै आएको प्रहरी जनाएको छ। 

No comments:

Post a Comment