Tuesday, February 22, 2022
प्रोग्रेशिभ फाइनान्स लिमिटेड बरहथवा शाखाको औपचारिक उद्घाटन सम्पन्न
प्रोग्रेशिभ फाइनान्स लिमिटेड बरहथवा शाखाको औपचारिक रुपमा उद्घाटन गरिएको छ। ६ महिना अगाडीदेखि बरहथवा नगरपालिका स्थित शाखाबाट सेवा संचालन गर्दै आएको यस फाइनान्सको मंगलबार एक समारोहका बिच औपचारिक उद्घाटन गरिएको छ।
फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरू उक्त नयाँ शाखाहरूबाट समेत प्रवाह गरिने जानकारी फाइनान्सले दिएको छ ।
देशका प्रमुख शहरहरूमा आफ्नो शाखा विस्तार गरी सरल तथा सहज रुपमा वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुरूप यस बरहथवा शाखा कार्यालयको स्थापना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईले बताउनुभयो ।उहाले यसअघि सर्लाहीको सदरमुकाम मलंगवामा शाखा संचालनमा ल्याइसकेको यस संस्थाको बरहथवा शाखाबाट बरहथवा नगर क्षेत्रसहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरूमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमै गई उच्चतम प्रविधि उपयोग गरी वित्तीय सेवा उपलब्ध गराउने जानकारी गराउनुभयो।
फाइनान्सका संचालक समिति अध्यक्ष किशोर महर्जनको अध्यक्षता तथा बरहथवा नपा नगर प्रमुख देवानन्द महतोको प्रमुख आतिथ्यता र उद्योग वाणिज्य संघ बरहथवाका पुर्व अध्यक्ष निरंजन दासको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय बरहथवाका कार्यालय प्रमुख राजेश राय,फाइनान्सका भुपु संचालक लक्ष्मण यादव,क्षेत्रिय प्रमुख विनय कुमार साह,इप्रका बरहथवाका प्रहरी निरिक्षक नरेन्द्र कुमार मरवैता,उद्योगी,व्यापारी,विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति रहेको बरहथवा शाखाका प्रमुख मनोज कुमार रायले जनाएको छ।
उद्घाटनको अवसरमा फाइनान्सले संस्थालाई सहयोग पुर्याउने ब्यक्ति तथा कार्यक्रममा सहभागी अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरेको मधेश प्रदेश क्षेत्रिय प्रमुख विनय कुमार साहले बताए ।उनले फाल्गुन ८ गते जनकपुर र ९ गते महोत्तरीको गौशालामा पनि शाखाहरुको औपचारिक उद्घाटन गरिएको र निकट भविष्यमा थप नयाँ शाखाहरुको समेत विस्तार गर्ने योजना रहेको जानकारी गराए।
कार्यक्रमको संचालन रेडियोकर्मी संतोष कर्णले गरेका थिए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment