Wednesday, February 2, 2022

स्थानीय तहको चुनाव तत्काल घोषणा गर्न अनेरास्ववियु सर्लाही क्याम्पस कमिटी मलंगवाको माग, मिति नतोकिए आन्दोलनमा उत्रिने सरकारलाई चेतावनी

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १९

    नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको सर्लाही क्याम्पस कमिटी मलंगवाले समयमै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारसंग माग गरेको छ ।

   २०७९ जेठ ७ गते स्थानीय तहका पदाधिकारीहरुको पाँच वर्षे अवधि समाप्त हुने भएकाले तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न  अनेरास्ववियु सर्लाही क्याम्पस कमिटी मलंगवाले सर्लाही क्याम्पस कमिटी अध्यक्ष धर्मेन्द्र टाका यादवको नेतृत्वमा  सदरमुकाम मलंगवा  स्थित क्याम्पस अगाडि कोणसभा गरेको छ।

     अनेरास्ववियुका केन्द्रीय सदस्य शमिमबाबु खानको प्रमुख आतिथ्यतामा आयोजना भएको कोणसभामा बोल्दै क्याम्पस कमिटी अध्यक्ष यादवले आफ्नो स्वार्थका कारण पाँच दलिय गठबन्धनको सरकारले स्थानिय तहको निर्वाचन गर्न नचाहेको आरोप लगाउँदै  समयमै निर्वाचन गर्न गराउन देउवा सरकारसंग माग गरेको छ।उनले समयमा निर्वाचन गराउने मिति नतोकिए निर्वाचन गराउन दबाब दिने उद्धेश्य सहित सम्पुर्ण विद्यार्थीहरु आन्दोलित हुने चेतावनी समेत दिएका छन् ।



 

No comments:

Post a Comment