Saturday, February 19, 2022

ढिलै भएपनि प्रादेशिक अस्पताल मलंगवामा अक्सिजन उत्पादन सुरु

 



===सामाजिक विकास मन्त्री नवल किशोर साहले गरे प्लान्टको उद्घाटन===


लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ७

  सर्लाही जिल्लाको प्रादेशिक  अस्पताल मलंगवामा अक्सिजन उत्पादन सुरु भएको छ। मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले अक्सिजन प्लान्टको उद्घाटन गर्दै शुक्रवारदेखि प्रादेशिक  अस्पताल मलंगवामा अक्सिजन उत्पादन सुरु भएको छ।

   मधेश प्रदेश सरकारको ५० लाख रुपैयाको लगानीमा सुरु भएको उक्त प्लान्टले दैनिक २० सिलिन्डर अक्सिजन उत्पादन गर्ने र यहाँ उत्पादन भएका अक्सिजन यसै अस्पतालमा भर्ना भएका बिरामीहरुको बेडसम्म पाइप लाइन द्वारा पुर्याइने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवल किशोर झाले बताए।हाल यस जिल्ला अस्पतालमा ५० बेडको क्षमता रहेको छ।

    प्लान्ट उद्घाटन समारोहमा सामाजिक विकास मन्त्री साहले  कोरोना महामारीसँग जुध्नको लागि मात्र नभइ यहाँबाट उत्पादन हुने अक्सिजन अन्य बिरामीहरुको उपचारको लागि पनि महत्त्वपूर्ण रहेकोले अस्पतालको आफ्नै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन भएपछि अब बिरामीको उपचारमा अक्सिजनको अभाव नहुने बताउनुभयो । कोरोना कालमा बढी बिरामीलाई अक्सिजन नै चाहिएकोले अब अक्सिजन अभावको समस्या धेरै हदसम्म टर्ने उहाँले विश्वास व्यक्त गरे ।

     उद्घाटन कार्यक्रममा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिजय कुमार झा,प्र.प्र जनकपुरका निरिक्षक डाक्टर श्रवण कुमार मिश्रा,जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, मलंगवा नगरपालिका नगर प्रमुख निरसल साह,नेपाल रेडक्रस सोसाइटी मलंगवा सभापति नागेन्द्र प्रसाद चौधरी,जिल्ला आयुर्वेद कार्यालय प्रमुख डा.नन्दकिशोर कुशवाहा लगायतको उपस्थिति रहेको थियो ।


 

No comments:

Post a Comment