Tuesday, February 15, 2022

सर्लाहीका महिला पत्रकार बन्दना झाले बृद्धाश्रमका बुवाआमालाई भोजन गराएर मनाइन आफ्नो जन्मदिन

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,३ फागुन

   मिडिया काउन्सिल मधेश प्रदेशकी सदस्य समेत सहनु भएकी सर्लाहीका महिला संचारकर्मी बन्दना झाले लालबन्दी-२, जुटपानी स्थित पद्म भुवनेश्वरी नमुना वृद्ध सेवाआश्रममा आश्रित वृद्धवृद्धाहरुलाई मिष्ठान भोजन गराएर आफ्नो जन्मदिन मनाएकी छिन ।

    सदरमुकाम मलंगवा नगरपालिकामा वडा नं- ९ घर भएका संचारकर्मी झाले आज बिहान सहकर्मी संचारकर्मीहरुको साथमा आश्रममै  केक काटेर त्यहाँ आश्रित ४८ जना वृद्धवृद्धालाई बिहानको मिष्ठान भोजन गराएर जन्मदिन मनाएको आश्रमकी व्यवस्थापक भवानी कोईरालाले जानकारी दिए।

   नेपाल पत्रकार महासंघ सर्लाही शाखाकी सदस्य समेत रहेकी झा जिल्लाबाट सर्लाही अपडेट नामक दैनिक पत्रिका प्रकाशित गर्दै आएकी छिन ।

    आफ्नो जन्मदिनको अवसरमा वृद्धवृद्धालाई भोजन गराउँदा उहाँहरुको मुहारमा देखिएको मुस्कान नै आफ्नोलागि बहुमुल्य उपहार र आशिर्वाद भएको संचारकर्मी झाले बताइन् ।यहाँका वृद्ध आमाबुवाहरु सँग जन्मदिन मनाउन पाउँदा आफुलाई  निकै खुसी लागेको उनले बताइन ।

No comments:

Post a Comment