Sunday, February 6, 2022

९ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक २१ वर्षीय युवक पक्राउ

  



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ २३

    प्रहरीले सर्लाहीको लालबन्दीबाट  ९ वर्षीया बालिकालाई जबर्जस्ती  करणी गरेको आरोपमा एक २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा न-८ बस्ने  सोमबहादुर गोले रहेको प्रहरीले जनाएको छ।

    इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले गत १९ गते बुधबार सोही नगरपालिको वडा न-११ बस्ने एक ९ वर्षीया बालिकालाई जबर्जस्ती पक्राउ गरेको आरोपमा गोलेलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका गोले विरुद्ध सर्लाही जिल्ला अदालत मलंगवाबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गराएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माघव प्रसाद बुढाथोकीले बताएको छ।


No comments:

Post a Comment