Tuesday, February 1, 2022

मलंगवा नगरपालिका कार्यालय परिसरबाट कर्मचारीकै मोटरसाइकल चोरी

 



Cctv camera बाट लिएको तस्बिर 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १८

  सर्लाहीको मलंगवा नगरपालिका कार्यालय परिसरबाट एउटा मोटरसाइकल चोरी भएको छ ।

     मलंगवा नगरपालिका कार्यालयमा कार्यरत सूचना अधिकृत मलंगवा नपा वडा न- ८ निवासी राजकुमार अधिकारीको मोटरसाइकल चोरी भएको हो।

     दिउँसो कार्यालय समयको बेला   कार्यालय परिसरमा पार्किङ गरि राखेको मलंगवा नपाको नाउँमा दर्ता भएको ना १ ब २७४१नम्बरको  कालो रंगको पल्सर मोटरसाईकल चोरी भएको पिडित अधिकारीले बताएको  छ  ।

    निगरानीको लागि कार्यालय परिसमा सिसिटिभी क्यामरा जडान गरिएको छ र रेखदेख लगायतका कामका लागि नगर प्रहरीको साथै   कार्यालय सहयोगीहरुको संख्या अरु कार्यालयको भन्दाबढी रहेको छ।यस्तो  अवस्थामा पनि दिनदहाडै कार्यालयको एउटा उच्च पदमा आसिन कर्मचारीको मोटरसाइकल चोरी हुँदा सुरक्षामाथी नै प्रश्नचिन्ह्र खडा भएको छ ।



No comments:

Post a Comment