Sunday, February 20, 2022

घनगढामा विद्यालयको कम्पियुटर कोठामा आगलागी हुँदा २ लाखको क्षति

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ८

    सर्लाहीको बसबरिया गाउँपालिका वडा न-४ धनगढा स्थितमा रहेको श्री पञ्चायत आदर्श माध्यमिक  विद्यालयमा आगलागी हुँदा २ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

    शनिवार साँझ ५ बजेको समयमा विद्यालयको पश्चिम पट्टी रहेको कम्पियुटर कोठामा अचानक विद्युत सर्ट भइ आगलागी हुँदा कम्पियुटर कोठामा रहेको २४ थान कम्प्यूटरको मनिटर,१ थान सिसिटिभी डिस्प्ले,१ थान ब्याट्रीको क्याविनेट,१ थान राउटर र १ थान एलइडी लागातका समाग्री जलेर नष्ट भएको जिल्ला  प्रहरी कार्यालय मलंगवा,सर्लाहीका सुचना अधिकृत एवं प्रहरी निरिक्षक कृष्ण गिरीले बताएको छ।

    उता स्थानीयहरुले भने आगलागी  विद्युत सर्ट सर्किट भएर नभएको बल्की उक्त कोठाको तल्चा फुटाएर आगजनी गरिएको अनुमान गरेका छन्। 

     

 

No comments:

Post a Comment