Thursday, February 17, 2022

एमसीसीको विरुद्धमा विभिन्न ६ दलीय मोर्चाले गरेको नेपाल बन्दको सर्लाही जिल्लामा कुनै असर देखिएन

 


 

 "यातायात संचालन, बजारसमेत खुल्ला रहे"


लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ५

    अमेरिकी सहयोग  परियोजना (एमसीसी) संसदबाट पास गर्न खोजिएको भन्दै विभिन्न ६ दलीय मोर्चाले हिजो बुधबार  गरेको नेपाल बन्दको  मधेश प्रदेशको सर्लाही जिल्लामा कुनै प्रभाव देखिएन ।

   एमसीसी सम्झौता अनुमोदनको तयारी भइरहेको बेला यसको विरोधमा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादी पार्टीले  मंगलबार साँझ संयुक्तरूपमा प्रेस विज्ञप्ति जारी गरि नेपाल बन्दको आह्वान गरेका थिए। बन्दको अवज्ञा गर्ने उपर कार्यवाही गर्ने चेतावनीका बाबजुद सर्लाही जिल्लाका सबै बजार ,कलकारखाना ,विद्यालय,गैरसरकारी कार्यालय लगायत नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने सबैखाले सार्वजनिक स्थलहरु खोलिएका थिए भने जिल्लाको पूर्व–पश्चिम राजमार्ग र भित्री सडक खण्डहरुमा निर्वाध रुपमा यातायात संचालन भएका थिए। 

     बिहानैदेखि छोटो तथा लामो दुरीका सवारीसाधनहरु संचालन भएका थिए। बन्दकर्ताहरु बाट हुनसक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखेर जिल्लाको पुर्व-पश्चिम राजमार्गमा पर्ने फुलजोर,लालबन्दी , हरिवन,नयाँरोड, कर्मैया, बागमतीसहित भित्री भेगमा पर्ने बयलबास,बरहथवा,मलंगवा लगायतका मुख्य शहर बजारका चौक चौकमा बिहानैदेखि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

   


No comments:

Post a Comment