Thursday, February 17, 2022

मलंगवामा जलवायु परिवर्तन सम्बन्धि तीनदिने तालिम सुरु

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ५

   प्रेरणा परियोजना,एच.आइ तथा भि.एस.ओ को संयुक्त आयोजनामा जलवायु परिवर्तन तथा महिला सशक्तीकरण सम्बन्धि तीनदिने तालिम मलंगवामा सुरु भएको छ।

   किशोरी सशक्तीकरणका लागि  शिक्षा कार्यक्रम (ENGAGE project)अन्तर्गत बालिका तथा समावेशी शिक्षा संजालका सदस्यहरुलाई जलवायु परिवर्तन र महिला सशक्तीकरण वारे जानकारी गराउने  उदेश्यले तालिम संचालन गरेको प्रेरणाका परियोजना संयोजक रामचन्द्र चौधरीले जनाएको छ।

   मलंगवा नगरपालिकाकी उपमेयर शान्ती मिकरानीको अध्यक्षतामा संचालन भइरहेको तालिममा मलंगवा नगरपालिका र कौडेना गाउँपालिका अन्तर्गत ११ वटा विद्यालयका शिक्षा प्रमुख,प्रअ,शिक्षक शिक्षिका,सामाजिक परिचालक र महिला संजालका सदस्यहरु गरि जम्मा २६ जना प्रशिक्षार्थीहरुलाई अधिवक्ता इमान सुनारले प्रशिक्षण दिइरहनु भएको छ।

   मलंगवा-८ स्थित बिरबलको खिचडी होटलमा संचालन भइरहेको तालिमको आज(बिहीबार)सम्पन्न उद्घाटन शत्रको कार्यक्रममा उपमेयर मिकरानी सहित,भि.एस.ओ का प्रोग्राम स्पेस्लिस्ट फिरोज शिद्दिकी,भि.एस.ओ सर्लाहीका डिपिओ राजन कुमार कर्ण,प्रेरणाका परियोजना संयोजक चौधरी लगायत पत्रकारहरुको उपस्थित रहेको थियो।

No comments:

Post a Comment