Thursday, February 17, 2022

आस्रे कम्पनी गाडीले ठक्कर दिँदा रौतहटका पत्रकार दिपेश कुमार साह घाइते

 




लोकतन्त्र समाचारदाता---

रौतहट,फाल्गुन ५

     आस्रे कम्पनी को गाडीको ठक्करबाट रौतहटका पत्रकार दिपेश कुमार साह घाइते भएका छन् ।

    गत मंगलबार कटहरिया देखि गरुडा जाने क्रममा पत्रकार साह सवार   बा २७प ४३२९ को  साइन मोटर साइकललाइ आस्रे कम्पनीको बा १५च ३५४१ नम्बरको  गाडीले ठक्कर दिएको हो।पत्रकार साहका अनुसार केही दिन अगाडी आस्रे कम्पनी द्वारा कटहरिया मा ढल निर्माणकार्यमा १नम्बर इटाको ठाउँमा ३ नम्बरी इट्टा प्रयोग गरेको भन्ने समाचार लेखेकै कारण आफुलाई योजना बनाएर गाडीबाट एक्सिडेन्ट् गराएर ज्यान मार्न  खोजेको बताएका छन्।भाग्यवस आफ्नो ज्यान जोगेको उनले दुखेसो पोखे।

    घाइते पत्रकार साहको स्थानीय अस्पतालमा उपचार चलिरहेको पारिवारिक श्रोतले जानकारी गराएका छन् ।

No comments:

Post a Comment