Saturday, February 12, 2022

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ २९

    सर्लाहीको हरिवनबाट चोरी मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

    हरिवन नगरपालिका वडा न-११ निवास अन्दाजी वर्ष ३५ को बुधन भन्ने शेष हमिदलाई बिहीबार दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।हमिद उपर सर्लाही जिल्ला अदालतले २०७४ साल पुस ९ गते चोरीको मुद्दामा एक महिना कैद र ६० हजार रुपैया नगद जरिवानाको सजाय सुनाएको थियो ।

    नियमअनुसारको कैद जरिवाना असुल उपरको लागि निजलाई जिल्ला अदालत सर्लाहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले  जनाएको छ ।


No comments:

Post a Comment