Monday, February 7, 2022

जुटपानीको ग्यारेजबाट हराएको मोटरसाइकल चिताइन स्थित ग्यारेजमा फेलापर्यो,खोलेर राखेको मोटरसाइकलको पार्टपुर्जासहित दुईजना पक्राउ

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ २४

    सर्लाहीमा चोरीको मोटरसाइकल सहित एकजना ग्यारेज(वर्कशप)संचालक र एकजना मोटरसाइकल चोर पक्राउ परेका छन्। 

   पक्राउ पर्नेमा हरिपुर नगरपालिका वडा न-७, चिताइन घर भई सोही ठाउँमा रविन वर्कशप नामको मोटरसाइकल मर्मत गर्ने ग्यारेज संचालन गरेका २२ वर्षीय रविन चौधरी र सोही ठाउँका २३ वर्षीय अजय चौधरी रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीका अनुसार शुक्रवार राति लालबन्दी नपा-२ जुटपानी स्थितमा रहेको जुटपानी वर्कशपमा मर्मतकोलागि राखेको ना ४२ प ८७७४ नम्बरको मोटरसाइकल हराएको भन्ने प्राप्त सूचनाको आधारमा खोजतलासका लागि खटिएका प्रहरी टोलीले चिताइन स्थित रविन वर्कशपमा उक्त मोटरसाइकल पार्टपुर्जा खोलेको अवस्थामा फेलापरी मोटरसाइकलको पार्टपुर्जासहित वर्कशप संचालक रविन र अजयलाई नियन्त्रणमा लिएको छ। 

   पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय हरिपुरमा राखेर थप  अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले बताए ।

No comments:

Post a Comment