Thursday, February 17, 2022

मलंगवाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ३ जना पक्राउ


मलंगवा -८गोरखकाली प्रहरी चौकीबाट पक्राउ 



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ५

    पछिल्लो समय सर्लाहीको सदरमुकाम मलंगवा लागुऔषध ओसारपसारको लागि ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ ।दैनिकजसो २-३जना ब्यक्तिहरु मलंगवा प्रवेश गर्ने नेपाल-भारत सिमानाकाबाट पक्राउ पर्ने गरेका छन् ।

    सोही क्रममा मंगलबार र बुधबार गरि २ दिनको अवधीमा ३ जना युवाहरू मलंगवाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पक्राउ परेका छन् ।बुधबार बिहान साढे १० बजेको समयमा मलंगवा-८ स्थित गोरखकाली प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मलंगवातर्फ आउँदै गरेको अटोलाई चौकी अगाडी रोकेर चेकजाँच गर्ने क्रममा अटोमा सवार रहेका हरिपुर नगरपालिका वडा न-६ बस्ने ननिपत साहको छोरा अन्दाजी २० वर्षीय रवि कुमार साहलाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ।निजको साथबाट नाइट्रोभेट 10-३० पत्ता,कफरेख्स बोतल-१ थान,डाइलेक्स डिसी बोतल-१ थान बरामद भएको प्रहरीले जनाएको छ।

      त्यसैगरी मंगलबार अपराह्न ३ बजे मलंगवा नपा वडा न-९ स्थित पेट्रोल पम्प अगाडी हुलाकी सडकमा खटिएको प्रहरी टोलीले भारतको सोनवर्षा बजारबाट नेपालतर्फ BR30 K 1409 नम्बरको मोटरसाइकलमा आउँदै गरेको हरिपुर नगरपालिका वडा न-२ बस्ने वर्ष २२ को रवीन्द्र साह र सोही ठाउँ बस्ने वर्ष १९ को रोशन यादवलाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ।डिउटीमा रहेका प्रहरी टोलीले रोकेर चेकजाँच तथा खानतलासी गर्दा उनीहरुले मोटरसाइकलको बिचमा बोकेर ल्याएको हरियो रंगको प्लास्टिकको बोरा भित्र कार्टुनमा लुकाएर राखेको कडिवेल नामक लागुऔषध १०० बोतल फेलापारेका थिए।

मलंगवा,पेट्रोल पम्प अगाडीबाट पक्राउ 


   लागुऔषधसहित नियन्त्रणमा लिइएका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेर थप अनुसंधान अगाडी बढाएको प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले बताएको छ।

No comments:

Post a Comment