Thursday, February 17, 2022

राष्ट्रिय शक्ति नेपाल अभियानले एमसीसीको विरोधमा लालबन्दीमा जुलुस निकाले

  



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ५

   एमसीसीको विरोध गर्दै राष्ट्रिय शक्ति नेपाल अभियानले सर्लाहीको लालबन्दीमा आज(बिहिवार) विरोध जुलुस निकालेको छ।

   उक्त जुलुसमा सहभागीहरुले एमसिसी सम्झौता धोका हो देश बेच्न पक्का हो, नेपाली जनता एक हौ देश बेच्न दिदैनौ, घातक सहयोग चाहिदैन, दास बनाउन पाईदैन भने  बिभिन्न नारा लगाउँदै नगर परिक्रमा गरेका थिए।नगरको परिक्रमा गर्दै जुलुस  अक्लेश्वर महादेव मन्दिर परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो।

    जुलुसमा  केन्द्रीय संगठन विभाग सदस्य अन्जु कुमारी थपलिया, केन्द्रीय अभियन्ता रोहित प्रसाद पौडेल, जिल्ला अध्यक्ष गोपाल प्रसाद ढकाल सचिव केशव बहादुर महत, जिल्ला कार्यसमितिका बरिष्ठ उपाध्यक्ष जलेश्वर साह, ईश्वरपुर नगर सचिव प्रशान्त चौधरी लगायत अन्य पदाधिकारी तथा राष्ट्रिय शक्ति नेपालको अभियानमा आवद्ध  राष्ट्रवादी सदस्यहरुको सहभागीता रहेको थियो। 

    कोण सभाको संचालन आमन्त्रित सदस्य गणेश कुमार सिंहले गरेको आयोजकले जानकारी दिएको छ।

No comments:

Post a Comment