Saturday, February 19, 2022

ईप्रका हरिवनका इन्सपेक्टर भुपेन्द्र गिरी बने माघ महिनाको उत्कृष्ट प्रहरी




लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ६

   ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक भुपेन्द्र गिरी २०७८ साल माघ "महिनाको उत्कृष्ट प्रहरी" (POLICE OF THE MONTH) घोषित गरिएको छ।

    विभागीय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायीक, लगनशिल, कर्तव्यनिष्ट र उच्च मनोबलका साथ कार्यालय प्रमुखको हैसियतले माघ महिना भरी प्रभावकारी तवरले प्रहरी परिचालन गरि विभिन्न मुद्दाका अपराधीहरुलाई  पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याई प्रशंसनीय कार्य गरी प्रहरी संगठनको छविलाई उच्च राख्न अहम भूमिका निर्वाह गरेको भन्दै सो कार्यको मुल्यांकन गर्दै  जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रनी गिरीलाई   POLICE OF THE MONTH घोषित गरेको हो।

    उनले मिति २०७८।१०।०८ गते बाग्मती न.पा. -११ स्थित बागमती पुलको बीचमा बा. ८४ प ५९०८ नं. को मो.सा. लाई ठक्कर दिदा मो.सा. चालकको मृत्यु हुने गरी दुर्घटना गराएर फरार ना  ७ ख ८३०० नं. को मालवाहक ट्रिपर चालक  पर्सा जिल्ला  बिरगंज म.न.पा. ३० बस्ने बर्ष २९ को रामा दासलाई घटना भएको २ घण्टा भित्रै पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याएको, मिति २०७८।१०।१४ गते सर्लाहीको हरिवन न.पा. ४ सासापुर स्थित पुर्व पश्चिम लोकमार्गको सडक खण्डमा ना ७ ख ६३९ नं. को सपना डिलक्स रात्री बसले पैदल यात्रीलाई ठक्कर दिई मृत्यु भएको हुँदा उक्त बस चालक फरार रहेकोमा २४ घण्टा भित्रै निज चालकलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याएको यस्तै  मोटरसाइकल चोरी नियन्त्रणको लागी प्रहरी परिचालन गरी/गराई नक्कली नं. प्लेट प्रयोग गरिएको अवस्थामा बरामद गरी सम्बद्ध यातायात कार्यालय संग समन्वय गरी वास्तविक नम्बर र धनि एकिन गरी विभिन्न नम्बरका  ७ वटा मो.सा. हरु सम्बन्धित मो.सा. धनी तथा बिमा संस्थालाई हस्तान्तरण गरेको, विभिन्न मितिमा बेवारिसे अवस्थामा फेला परेको अन्दाजी.रु. ५,००,०००।- (पाँच लाख) मुल्य बराबरको मो.सा. हरु भन्सार दाखिला गरेको यसैगरी सर्लाही जिल्ला अदालतको विभिन्न मुद्दामा कैद जरिवाना लागि फरार रहेका ४ (चार) जना फरार प्रतिवादीहरुलाई पक्राउ गरि कैद जरिवाना असुल उपरको लागी  जिल्ला अदालत सर्लाहीमा दाखिला गरेको, मिति २०७८।१०।११ गते विशेष सूचनाको आधारमा रु. ४,८५,०००।- (चार लाख पचासी हजार) नगद सहित १२ (बाह्र) जना जुवाडेहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याएको, मिति २०७८।१०।०८ गते विशेष सुचनाको आधारमा ५ (पाँच) के.जी. प्रतिबन्धित लागु औषध गाँजा सहित २ (दुई) जना मानिस र १ (एक) थान मो.सा. पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए। 

      दिदैं प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले प्रनी गिरीलाई कदर पत्रको साथ सम्मानित गर्दै उनलाई सफल कार्यकालको लागि  शुभकामना दिएका छन् ।

No comments:

Post a Comment