स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय
काठमाडौ ,माघ २४ गते---
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विसं २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार सरकारले एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गर्न सिफारिस गरेको थियो ।
No comments:
Post a Comment