Tuesday, February 15, 2022

सर्लाहीमा जसपा नेपालको जिल्ला समन्वय समानान्तर समिति गठन

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ३

    सर्लाहीमा  जनता समाजवादी पार्टी नेपालको जिल्ला समन्वय  समानान्तर समिति गठन भएको छ।

     पार्टीको मधेश प्रदेश समिति सदस्य तथा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको अध्यक्षता तथा  पार्टीका केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा.अब्दुल रहिम मिकरानीको प्रमुख आतिथ्यतामा  सोमबार मलंगवा स्थित जानकी पार्टी पैलेसमा आयोजित एक समारोहका बिच समानान्तर समिति गठन गरिएको हो ।उक्त कार्यक्रमबाट जिल्ला अध्यक्ष समेत रहनुभएका कविलासी नगरपालिकाका मेयर कौशलकिशोर रायको अध्यक्षमा २५१ सदस्यीय पार्टीको समानान्तर कमिटी घोषणा गरेको हो ।

   कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य संजय पासवान लगायत मधेश प्रदेश समिति सदस्यहरु,जिल्ला अध्यक्ष मंडलका सदस्यहरु,जिल्ला कार्यसमिति सदस्यहरु,क्षत्रीय अध्यक्षहरु र सर्लाही जिल्लाका विभिन्न पालिकाका पार्टी नेताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

No comments:

Post a Comment