Wednesday, February 2, 2022

सर्लाही प्रहरीद्वारा एक करोड रुपैया भन्दाबढीको अवैध सामग्री बरामद,३८ जना फरार प्रतिवादी पक्राउ

 



प्रतीक फोंटो



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १९

     जिल्ला प्रहरी कार्यालय सर्लाहीले झण्डै सात महिनाको अवधिमा करिब  एक करोड ३१ लाखभन्दा बढी रुपैयाँ  बराबरको अवैध मालसामान बरामद गरी जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाएको  छ ।

    नियमितरूपमा नेपाल-भारत सिमानाका तथा अवैध गतिविधि हुने जिल्लाका विभिन्न स्थानहरुमा प्रहरी परिचालन गरि २०७८ साल साउन मसान्तदेखि हालसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले भन्सार छली अवैध रुपमा नेपाल भित्राइएका एक करोड ३१ लाख २ हजार १ सय ८३ रुपैया बराबरको   विभिन्न सामग्री बरामद गरी आवश्यक कार्यवाहीको लागि मलंगवा स्थित जिल्ला भन्सार कार्यालयलाई बुझाएको जिप्रका सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए।

   सोही अवधिमा सर्लाही प्रहरीले  विभिन्न मुद्दामा फरार रहेका ३८ जना  फरार प्रतिवादीलाई समेत पक्राउ गर्न सफल भएको प्रवक्ता बुढाथोकीले बताए। उनिहरु उपर जिल्ला अदालत सर्लाहीले  १३ वर्ष १ महिना ५ दिन कैदको साथै ४ लाख ८७ हजार ८४ रुपैया जरिवानाको सजाय सुनाएको प्रवक्ता बुढाथोकीले जानकारी दिए।


No comments:

Post a Comment