Wednesday, February 9, 2022

अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको ´ट्रेडमिल` मेशिन बरामद गरि भन्सारमा बुझाइयो


लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ २६

     प्रहरीले सोमबार  नेपाल भारत सिमावर्ती क्षेत्र अन्तर्गत सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा न-४ स्थित भारतबाट नेपालतर्फ  भन्सार छलेर अवैध रूपमा  भित्र्याउँदै गरेको जिममा दौडिनको लागि प्रयोग गरिने  ट्रेडमिल मेशिन बरामद गरेकाे छ ।

      राती करिब पाैने १० बजेको समयमा सिमाक्षेत्रमा गस्ती  गरिरहेका प्रहरी टोलीले करिब ८० हजार रुपैयाँ मूल्य पर्ने उक्त ट्रेडमिल मेसिन बरामद् गरेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ। मेसिन ल्याउने मानिसहरु  गस्तीमा रहेका प्रहरी टाेलिलाई देख्नेबितिकै मेशिन छाडेर फरार भएकाे प्रहरीले बताएकाे छ ।

   बरामद गरिएको  उक्त मेशिन आवश्यक कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालय मलंगवालाई बुझाएको प्रहरीले जनाएकाे छ 

No comments:

Post a Comment