Monday, February 14, 2022

लागुऔषधसहित मलंगवाबाट २ जना पक्राउ

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन २

    लागुऔषधसहित मलंगवाबाट दुईजना युवकहरु पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका वडा न-६ बस्ने बिक्रम वि.क का छोरा अन्दाजी २२ वर्षीय दिपेश वि.क र सोही ठाउँ बस्ने कृष्ण बम्जनको छोरा अन्दाजी १९ वर्षीय सन्तोष बम्जन रहेका छन् ।

   शनिवार दिउँसो सवा १२ बजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वि.क र बम्जनलाई मलंगवा नपा-९ बाट लागुऔषधसहित पक्राउ गरेको हो ।

   शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा रोकेर चेक जाँच गर्दा उनीहरुको साथबाट ५८५ पिस नाइट्रोभेट 10 नामक लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका  प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

  पक्राउ परेका वि.क र बम्जनलाई जिप्रका मलंगवाको हिरासतमा राखेर अनुसन्धान आगाडी बढाएको प्रवक्ता बुढाथोकीले बताए।


No comments:

Post a Comment