Sunday, February 13, 2022

करेन्ट लागेर बागमतीमा एक मजदुरको मृत्यु

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १

    सर्लाहीको बागमती नगरपालिकामा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागमती नगरपालिका वडा न-८ बस्ने श्याम कुमार महतोको छोरा वर्ष २४/२५ को रामु महतो रहेका छन्।

    आज(शनिवार) बिहान साढे १० बजे सोही नगरपालिका वडा न-२ स्थित स्थानीय कुमार परियारको बन्दै गरेको घरको छत ढलानको लागि रड सेटिंग गर्ने क्रममा घर छेउमा रहेको बिजुलीको तारमा फलामको रडले  अचानक छुन गई करेन्ट लाग्दा उनी घाइते भएका थिए ।

   करेन्ट लागेर गम्भीर घाइते भएका रामुलाई उपचारको लागि सोही ठाउँको जीवन अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको र उनलाई बचाउने क्रममा घाइते भएका २१ वर्षीय दिपक कुमार महतो समेत घाइते भई सोही अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले बताए ।




No comments:

Post a Comment