Saturday, February 19, 2022
मलंगवा अस्पतालमा पाठेघर खस्ने समस्याको नि:शुल्क शल्यक्रिया शिविर सुरु
सर्लाही जिल्लाको सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा पाठेघर झर्ने समस्याबाट पिडित महिलाहरुको लागि नि:शुल्क शल्यक्रिया शिविर सुरु भएको छ ।
प्रादेशिक अस्पताल जनकपुरका स्त्रीरोग बिशेषज्ञ डा.धिरेन्द्र कुमार साहको नेतृत्वमा आएका मलंगवा अस्पतालका डा.गौतम झासहितको १० जना चिकित्सकहरुको टोलीले फागुन १२ गतेसम्म शिविर संचालन गर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नवल किशोर झाले जानकारी दिए ।
उक्त शिविरको शुक्रवार एक कार्यक्रमका बिच मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवल किशोर साहले उद्घाटन गर्नु भएको थियो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment