Saturday, February 12, 2022

स्थानीय तहमा जनसंख्याको आधारमा दलितहरुको प्रतिनिधित्व हुनुपर्ने दलित अगुवा नेताहरुको भनाई

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ २९

 सर्लाहीको नवलपुरमा दलित सरोकार मञ्च नेपाल कञ्चनरुप नगरपालिका -८,सप्तरीको आयोजनामा  स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्वको अवस्था र भावी कार्यदिशाको विषयमा सर्लाहीका विभिन्न राजनीतिक दलका भातृ संगठनका अगुवाहरुसँग अन्तरक्रिया गरिएको छ ।

   लालबन्दी नगरपालिका वडा न-१ नवलपुर स्थित अनमोल होटलमा भएको  अन्तरक्रिया कार्यक्रममा   पाटन क्याम्पसका प्राध्यापक डा. बिजय प्रसाद मिश्रले स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्वको अवस्थाबारे सहभागीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा सहभागीहरुले स्थानीय तहमा जनसंख्याको आधारमा दलितहरुको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका थिए। यसकालागि सबै राजनीतिक दलका भातृ संगठनमा आवद्ध दलित अगुवाहरुले सकृय रुपमा पहल गर्ने निर्णय भएको बहुजन एकता पार्टी  नेपालका वरिष्ठ नेता राजाराम पासवानले जानकारी दिए ।

   कार्यक्रम दलित सरोकार मञ्च नेपालका आइटी अफिसर सुनिल सरबरियाको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा विभिन्न राजनितीक दलका दलित अगुवा नेता लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment