Sunday, February 13, 2022

मलंगवाको पल्सी स्थित एक गोठमा आगलागी,२ चौपाय जले

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १

    सर्लाहीको मलंगवा नगरपालिका वडा न-११ पल्सी टोलमा स्थानीय मनोज राय यादवको गाई वस्तु बाँध्ने गोठमा शुक्रवार साँझ आगलागी हुँदा २ चौपाय जलेका छन्।

    रायको फुसको छानो भएको गोठमा साँझ ४ बजे अचानक आगो सल्किंदा गोठमा रहेको अन्नपात र गोठमा बाँधेका दुईवटा बाख्रा जलेका छन्। आगोले गोठमा क्षति पुर्याउँदा करिब ५० हजार रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

   उक्त आगलागी स्थानीय र प्रहरीको सहयोगमा आधा घण्टा भित्र नियन्त्रणमा लिइएको थियो।

No comments:

Post a Comment