Friday, February 4, 2022

यसपालिको सरस्वती पुजा विद्यालयमा नमाउने भएपछि खल्लो लागेको विद्यार्थीहरुको भनाइ

 




मनोज यादव---

सर्लाही,माघ २०

    सरस्वती पुजा आउन दुइतीन दिन बाँकी रहँदै विद्यार्थीहरु आआफ्नो विद्यालयमा पुजाको तयारीमा जुट्ने गरेका थिए। विद्यालयको कम्पाउण्डदेखि कक्षाकोठाहरुको सरसफाइ , रंगरोगन तथा सजावटमा सबै विद्यार्थीहरु एकजुट भएर लागेको देखिन्थे ।चारैतिर सरस्वती पुजाकै रौनक देखिन्थ्यो ।यतिबेला सबै पुजाको लागि चाहिने सामाग्रीहरुको किनमेलमा लागेका हुन्थे तर यसपालि भने यस्तो कतै देख्न पाइएको छैन ।

   कोरोना भाइरसको संक्रमणलाई लिएर पालिका तथा स्थानीय प्रशासनले विद्यालय बन्द गर्ने निर्देशन जारी गरेपछि सर्लाहीका सबै निजी र सरकारी विद्यालयहरु बन्द गरिएकाले यसपालि सरस्वती पुजाको रौनक हराएको छ। विद्यार्थी तथा शिक्षक शिक्षिकाहरु अहिले आआफ्नो घरमा बसेकाले विद्यालयहरु सुनसान बनेका छन् ।

   यसअघि मुर्तिकारहरु पनि  विद्यालबाट पाएको अर्डर अनुसारको सरस्वती माताको मुर्तिहरु बनाउन व्यस्त हुन्थे ।उनीहरुलाई समयमा मुर्तिको अर्डर पूरा गर्न भ्याइनभ्याइ हुने गरेको थियो तर यसपालि भने विद्याहरु बन्द भएकाले बनाएको मुर्ति समेत बिक्री नहुने भनेर आफुहरुलाई चिन्ता लागेको मलंगवा स्थित गणेशिया चौकका एक मुर्तिकारले(कालिगढ) गुनासो गरे।

     यसपालिको सरस्वती पुजा माघ २३ गते परेको छ ।विद्यार्थीहरुको लागि सरस्वती पुजा सबैभन्दा ठुलो पर्व रहेकोले विद्यालयमा मनाउन नपाएपनि मन्दिरमै गएर भएपनि पुजा गर्ने जेसिज माविका एक विद्यार्थी आदर्श यादवले बताए ।कसैकसैले त टोलकै साथीहरूसँग मिलेर पुजाको आयोजना गर्ने योजना रहेको बताएका छन् ।

No comments:

Post a Comment