Sunday, February 13, 2022

नेकपा माओवादी केन्द्र मलंगवाले नगर परिक्रमा तथा दिप प्रज्वलन गरि २७ औं जनयुद्ध दिवस मनाए

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १

   नेकपा माओवादी केन्द्र नगर कमिटी मलंगवाले २७ औँ जनयुद्ध दिवस नगर परिक्रमा तथा दिप प्रज्वलन कार्यक्रम भब्य रूपमा सम्पन्न गरि मनाएको छ ।

  सर्लाहीको सदरमुकाम मलंगवामा गरिएको कार्यक्रमका प्रमुख अतिथि डा.राकेश यादव ,विशिष्ट अतिथि सर्लाही जिल्ला कमिटी सदस्य मनोज सहनी लगायतका पदाधिकारी तथा पार्टी कार्यकर्ताहरुले वडा -१० स्थित सहिद पार्कमा रहेको मधेश आन्दोलनका सहिदहरुको प्रतिमामा माल्यार्पण गरि दिप प्रज्वलन गरेका छन् ।माल्यार्पण तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गर्नु अगाडी पार्टीका सदस्य तथा कार्यकर्ताहरुले मलंगवा बजारको परिक्रमा समेत गरेका 

छन् । 

  भब्य र सभ्य ढंगले सम्पन्न भएको कार्यक्रममा नगर उपाध्यक्ष  हसन मिकरानी र मो इशा मिकरानी,नगर सचिव शिवधारी राय,नगर स-सचिव राजेन्द्र यादव,गफार मियाँ मंसुर(सल्लाहकार),एजाउल मिया मुकेरी(नगर सदस्य)कामिल मिकरानी मलंगवा नपा-३ वडा कमिटी अध्यक्ष,दिलदार मिकरानी(वडा न-३ वडा सचिव),लक्ष्मी यादव(नगर कमिटी सदस्य), जितेन्द्र महतो(१२ न वडा सचिव)लगायतको सहभागीता रहेको थियो।


No comments:

Post a Comment