Tuesday, February 1, 2022

ब्यस्त बजारमा कोरोनाको जोखिम, स्थानीय प्रशासन र स्थानीय तहको छैन अनुगमन

 





मनोज यादव---

सर्लाही,माघ १८

   कोरोनाको नयाँ भेरियन्टसँगै तेस्रो लहर हावी भइरहेको अवस्थामा यसबाट जोगिन सर्लाहीका बजारमा कुनै सतर्कता अपनाएको देखिंदैन।जिल्ला भरीका साप्ताहिक हाटबजारका तरकारी बिक्रेता तथा उपभोक्ताहरु माक्स लगायतका  स्वास्थ्य सामग्रीको प्रयोग नगरी सरसामान किनबेच गरिरहेको देखिन्छन् ।

    स्वास्थ्य जनसंख्या मन्त्रालयले नेपालमा तेस्रो भेरियन्ट अन्तर्गत कोरोना भाइरसको जोखिमबाट बच्न अनुरोध गरेपनि यहाँको स्थानीय प्रशासन र स्थानीय तह दुवैले बजारको अनुगमनमा ध्यान दिएको देखिँदैन,जसले गर्दा यहाँका तरकारी बजार सबैभन्दा धेरै जोखिममा रहेका छन् ।स्वास्थ्य सामाग्रीको प्रयोग नगरी  कोरोना संक्रमणको जोखिम बढाउन   उपभोक्ता र बिक्रेताले ठूलो भूमिका खेलिरहेका छन । बजारमा हिंडडुल गर्ने मानिसहरुले विरलै मास्कको प्रयोग गरेको पाइन्छ ।

    यहाँ कतिपय तरकारी बजार, खाद्यान्न तथा कपडा लगायतका पसलहरुमा कोरोना भाइरसको संक्रमणबाट बच्न पर्याप्त सावधानी अपनाएको देखिँदैन ।  विश्व स्वास्थ्य संगठनले बारम्बार  साबुन पानीले हात धुन, सामाजिक दूरी कायम र माक्सको अनिवार्य प्रयोग गर्न आग्रह गर्दै आएको छ।  तर  उपभोक्ता र पसलेले भने विश्व स्वास्थ्य संगठनको आग्रहलाई नजरअन्दाज गरिरहेका छन् ।

No comments:

Post a Comment