Friday, February 11, 2022

होसियार !! नेपाली उपभोक्ताहरु सिमावर्ती भारतीय बजारका ब्यापारीबाट खुलेआम ठगिको सिकार बन्दै

 




 "एक किलो सामानको तौलमा सय ग्राम कम"


मनोज यादव------

सर्लाही ,माघ २८

    सर्लाहीका सिमापारीको भारतीय  बजारहरुमा दैनिक उपभोग्य खाद्य सामाग्री लगायत अन्य आवश्यक सरसामानहरु किनमेल गर्न जाने नेपाली उपभोक्ताहरु त्यहाँका ब्यापारीबाट खुलेआम ठगिने गरेको पाइएको छ ।पारीका ब्यापारीहरु वारीबाट किनमेलका लागि पुग्ने ग्राहकहरुबाट तौल तथा मुल्यमा खुलेआम ठग्ने गरेको श्रोतले बताएको छ ।

    दैनिक उपभोग्य खाद्यबस्तु, मालसामान खरिदारीका लागी जिल्लाको सदरमुकाम मलंगवा सहित ग्रामीण भेग तथा पुर्व पश्चिम राजमार्ग आसपास सम्मका उपभोक्ताहरु किनमेलका लागि सिमापरीका भारतीय बजार  हनुमान चौक (नेपाल-भारत बोर्डर), सोनवर्षा, कन्हौली(भाँडसर) र मेजरगंज जाने गरेका छन् ।दाल, चामल, चिनी, तेल ,आलु,प्याज, लहसुन जस्ता खाद्य बस्तुहरु तुलनात्मक रुपमा नेपाली बजारमा भन्दा भारतको  बजारमा केही सस्तो लागे पनि बस्तुको गुणस्तर र नापतौलका बारेमा कमै उपभोक्ताले ध्यान दिने गरेको पाइन्छ । सस्तो पाउने लोभमा पर्दा कतिपय नेपाली उपभोक्ताहरु एकातिर मिसावटयुक्त खाद्य पदार्थ किनिरहेका छन् भने  कतिपय बिक्रेताले एक केजीमा झण्डै सय ग्रामसम्म कम तौलमा सामान बिक्री गरि नेपाली उपभोक्ता ठग्ने गरेको पनि पाईएको छ ।

    सस्तोमा सामान पाइने लोभमा गएका उपभोक्ताहरु उताबाट किनमेल गरेर फर्किएपछि घर पुगेर किनेको खाद्य बस्तुको पुनः तौल गरेर हेर्दामात्र आफु ठगिएको थाहा पाउँछन् ।आफुपनि कयौंपटक यसैगरी उताका ब्यापारीहरुबाट ठगिसकेको मलंगवा वडा न-२ की गृहणी मुक्ता यादवले गुनासो गरेकी  छिन ।उनी आफुले नेपाल-भारतको बोर्डरमा रहेको हनुमान चौक स्थित बजारबाट उपभोग्य सामाग्रीहरुको खरिदारी गर्ने गरेको बताइन ।पहिला किनेर ल्याएको सामाग्रीहरु सिधै  प्रयोगमा ल्याउँथे तर मेरो एकजना छिमेकीले उताबाट किनेर ल्याएको सामाग्रीको पुनः तौल गरेर जाँच्न सल्लाह दिएपछि आफुले पनि घरमा जोखेर हेर्दा प्रत्येक सामानको तौलमा सय ग्राम कम रहेको पाए उनले बताइन ।

    पसलमा ग्राहकहरुको भिड र ग्राहकहरुको  हतारमा सामान किनेर फर्कने मनोस्थितीले गर्दा पनि ब्यापारीले ग्राहकलाई  कम तौलमा  गुणस्तरहीन सामान बिक्री गर्ने गरेको मलंगवा वडा न-८ का  एक किराना ब्यापारी संतोष सिंहले बताए ।

    नेपाली उपभोक्ताहरु सामान खरिद गर्नका लागि  भारतीय बजार किन जान्छन भनी जोकोही सँग प्रश्न गर्दा उनीहरूको एउटै जवाफ हुन्छ उता सामान सस्तोमा पाइन्छ।तर सस्तो पाइने लोभमा दिनदहाडै आफु ठगिएको भन्ने थाहा हुँदैन ।भारत तर्फका अधिकांश पसलेहरु डिजिटल  विधुत्तिय तौल मेसिनको प्रयोग गरेका छन् ।तर ती सबै तौल मेसिनमा केही गडबडी गरेर सयदेखि डेढ सय ग्रामसम्म कम बनाइएका हुन्छन् ।झट्ट हेर्दा सही तौल भएको देखिएपनि प्रति  किलोमा सयदेखि डेढ सय ग्राम कम हुने गरेको श्रोतले बताएको छ ।   

   भारतीय प्रशासनले  बजार अनुगमन तर्फ चासो नदेखाकै कारण ब्यापारीहरुको मनोबल बढेको जानकारहरुको भनाइ छ ।उताका ब्यापारीले नेपाली उपभोक्तालाई मात्र नभइ भारतीय उपभोक्ताहरु अर्थात आफ्नै देशका जनताहरुलाई पनि ठग्ने कार्य गरेका छन् ।




No comments:

Post a Comment