Friday, February 4, 2022

युवा नेता ध्रुव रिजाल नेपाली काँग्रेसको मधेस प्रदेश कार्यसमिति सदस्यमा मनाेनित

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ २१ 

    नेपाली कांग्रेस लालबन्दी -५, का क्षेत्रीय प्रतिनिधि एवं  नगर विकाश काेषका पूर्व अध्यक्ष ध्रुव रिजाल नेपाली कांग्रेस मधेस प्रदेश कार्य  समिति सदस्यमा मनाेनित भएका छन्। 

   युवा नेता रिजालाई आज ( शुक्रवार ) कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले मनाेनयन पत्र प्रदान गरेका हुन् ।

प्रदेश कार्य समितिमा हाल ७२ जना निर्वाचित भएर आएका छन् । नेपाली कांग्रेसकाे विधानमा निर्वाचित सभापतिले ३३ प्रतिशत महिला सहभागीतासहित २० प्रतिशत प्रदेश कार्यसमितिमा थप गर्न पाउने व्यवस्था अनुसार आफुले युवा नेता रिजाललाई मनाेनयन गरेकाे मधेस प्रदेश सभापति कृष्ण यादवले जानकारी दिए ।

 उनलेे विभिन्न माध्यमबाट  पार्टीमा याेगदान गरेका व्यक्तिलाई आफुले पक्षपात नगरी मनाेनयन गर्दै जाने बताए ।

सभापति यादवले प्रदेश कार्य समिति भर्खरै निर्वाचित भएर आएको र कार्यालय व्यवस्थापनकाे काम भईरहेकाले बाकी सदस्यकाे  मनाेनयन बिस्तारै हुदै जाने बताए ।

अजै मनाेनयन पत्र बुझेका युवा नेता रिजालले राजनीतिकाे माध्यमबाट समाजसेवा गर्ने आफ्नो उद्देश प्राप्तिमा यसले थप मद्दत पुर्‍याकाे बताए ।

उनलेे मधेस प्रदेश सभापति यादवलाई धन्यवाद ज्ञापन  गर्दै, प्रदेश कार्य समिति सदस्यकाे हैसियतले पार्टीको सुदृढीकरण र बिकाशमा आफ्नो सकारात्मक सुझाव सहयोग रहने बताए ।

आव हुने स्थानीय तहको चुनावमा प्रदेशमा पार्टीलाई अधिक स्थानीय तहमा जिताउन आफ्नो पहल र प्रयास रहने नेता रिजालले बताए ।

नेता रिजालले यश अघि हेटाै सिमेन्ट उद्योग,बुटवल धागो कार्खाना, राष्ट्रिय नाचघर,बुटाेल टेक्निकल ईन्स्टिच्युट,बस्ती बिकाश,गुठी संस्थान,गिरिजाप्रसाद काेईराला श्वासप्रश्वास केन्द्र,नगर बिकाश काेषकाे लगायत झण्डै एक दर्जन संघ संस्थामा अध्यक्ष तथा कार्यकारीकाे पदमा रहेर काम गरिसकेका छन् । ती संस्थामा रहदा पनि आफुले समाजको हित हुने काम गरेको नेता रिजाल बताउँछन् ।

उनी सफल निर्माण ब्यबसायि पनि हुन । उनलेे ईटहरी तथा देशका विभिन्न स्थानमा रंगशाला लगायत अरबाैंकाे विभिन्न निर्माण सम्बन्धि काम गर्दै आएका छन् ।राजनीतिलाई व्यवसाय बनाउनु नहुने उनको तर्क छ ।  आफू राजनीतिकाे माध्यमबाट समाजसेवा गर्ने उद्देश्यकासाथ अघि बढी रहेको नेता रिजालले  बताए ।

 उनी रंगकर्मी पनि  हुन ।उनलेे रगत,बिहानी लगायत आधा दर्जन बढी नेपाली चलचित्रमा अभिनयसमेत  गरेका छन् ।

No comments:

Post a Comment