Sunday, February 13, 2022

सर्लाहीका एक समाजसेवी दम्पतीले आफ्नै खर्चबाट गराए दलित समुदायकी एक चेली अंजलीको बिहे

 





मनोज यादव---

सर्लाही,फाल्गुन १

    स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुले जनताको भलाई र हितको लागि आएको रकम खाएको कयौ समाचारहरु तपाईहरुले पढनु र सुन्नु भएको होला तर मधेश प्रदेशका एक समाजसेवीले निस्वार्थ रुपमा आफ्नो निजी खर्चबाट सर्लाहीका एक दलित चमार समुदायकी चेलीको बिहे गराइ छोरी सरह विदाई गरेको छ।

     शुक्रबार सर्लाही निवासी समाजसेवी मनोज आचार्यले ईश्वरपुर नगरपालिका वडा न-६ निवासी दलित समुदायका राम नरेश रामकी छोरी अंजली रामको बिवाह आफ्नै खर्चमा गराएका हुन् । परिवारको आर्थिक अवस्था कमजोर भएको र बस्नको लागि आफ्नो घरसमेत नभएकोले ईश्वरपुरमा एउटा सानो कोठा भाडा लिएर परिवारसहित बस्दै आएको राम नरेशलाई उमेर पुगिसकेको छोरीको बिवाह गर्न समस्या भएको बयलबासमा रहेको ईश्वरपुर युवा सेवा समाज नामक संस्थाका अध्यक्ष अलताफ मिकरानी तथा स्थानीयबासीहरु मार्फत जानकारी पाएपछि केही थोरै भएपनि बिहेको लागि प्रयोग गरिने टेन्ट, जन्तीको स्वागत तथा भोज लगायतका खर्च आफुले  बेहोरिदिएको समाजसेवी आचार्यले बताए ।उनले राम नरेश रामको बस्ने घर नरहेकोले उनको परिवारकोलागि घर पनि बनाइदिने प्रतिवद्धता गर्दै आश्वासन  समेत दिएको ईश्वरपुर युवा सेवा समाजका अध्यक्ष मिकरानीले बताएका छन्।

    आफ्ना जिवन संगिनीको साथ राम नरेशको घर पुगेर नव बधु अंजलीको हातमा सहयोग रकम हस्तान्तरण गर्दै समाजसेवी आचार्य दम्पतीले उनीहरुको सुखद दाम्पत्य जिवनको कामना गर्दै शुभकामना दिएका थिए।

   

 




  

No comments:

Post a Comment