Wednesday, February 2, 2022

सर्लाहीमा लागुऔषधको कारोबार तथा सेवनकर्ता बढ्दो, करिब ७ महिनामा ३६ जना कारोबारी पक्राउ, २८ वटा मुद्दा दर्ता




मनोज यादव---

सर्लाही माघ १९

प्रतीक फोंटो


    सर्लाही जिल्लामा लागुऔषधको कारोबार तथा सेवनकर्ता बढ्दो छ।

    प्रहरीले २०७८ साल साउन मसान्तदेखि हालसम्म ३६ जना लागुऔषध कारोबारीलाई लागुऔषधसहित पक्राउ गरि २८ जना उपर लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

   पक्राउ परेका ३६ जना लागुऔषध कारोबारीहरुबाट नुर्फिन एम्पुल- १२,फेनारगन एम्पुल-१३,नाइट्राभेट ट्याबलेट-८७९१,एस्पोस्मो प्रोक्सोभिन ट्याबलेट-१९,गाँजा-४८ केजी ४०० ग्राम,पेइभोन स्पास पल्स-५६ ट्याबलेट,डाइजाल्याब २ एमएल को १२ एम्पुल,वाइनसिरेक्स १०० एमएल को १४४ बोतल,कफलिंटस १०० एमएल को २२ बोतल ,कोडिवेल १०० एमएल को १९३ बोतल ,डाइलेक्स डिसी १०० एमएल को ११ बोतल ,सुपलकफ १०० एमएल को २० बोतल समेत बरामद भएको जिप्रकाले जनाएको छ।

    गलत संगत तथा नेपाल-भारत खुला सिमाका कारण पछिल्लो समय सर्लाही जिल्लामा लागुऔषध प्रयोगकर्ता र कारोबारीहरुको संख्या बढ्दै गएको छ। सबैभन्दाबढी युवापुस्ता यसमा लागेको पाइएका छन् । लागुऔषधको कारोबारमा संलग्न युवाहरु दैनिकजसो पक्राउ पर्दै आएका छन् ।

    खुला सिमानाको फाइदा उठाउँदै भारतबाट लागुऔषध भित्रिने गरेको जानकारहरुको भनाइ छ । 

    लागुऔषधको बढ्दो कारोबार र प्रयोगले पक्राउ पर्ने संख्या पनि बढ्दो छ । प्रहरीले करिब सात महिनाको अवधिमा यहाँ ३६ जना कारोबारी र प्रयोगकर्तालाई पक्राउ गरि २८ जना उपर मुद्दा चलाएको छ । 

 धेरैजसो प्रयोगकर्ताहरुले नै लागुऔषधको बिक्री गर्ने गरेको पाइएको जानकारहरुले बताए । लागुऔषध नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको छ, तर खुला सिमानाका कारण रोक्न चुनौती छ ।’ खुला सिमानाका कारण भारतबाट लागुऔषध आयात भइरहेको प्रहरीको भनाइ छ ।

    प्रहरीका अनुसार गाँजा र चरेसबाहेक सबैजसो लागुऔषध भारतबाट आयात हुने गरेको छ । भारतीय कारोबारीले लागुऔषध सीमावर्ती क्षेत्रनजिक ल्याइदिने र त्यहाँबाट यहाँका प्रयोगकर्ता र कारोबारीले ल्याउने गरेका पाइने गरेको प्रहरीले जनाएको छ ।

   मलंगवा नजिकै पर्ने भारतको सिमावर्ती सोनवर्षा, कन्हौली लगायतका बजारमा संचालित औषधि पसलमा नेपालबाट गएका लागुऔषध कारोबारी तथा प्रयोगकर्ताहरुको भिड नै लाग्ने गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

   लागुऔषधको कारोबार तथा सेवनकर्ताहरुका कारण पछिल्लो समय जिल्लामा चोरीका घटनाहरु पनि बढेको छ।दैनिकजसो मोटरसाइकल तथा महंगो मुल्यको मोबाइल फोनहरु चोरी हुने गरेको छ।प् करिब सात महिनाको अवधिमा १५ वटा चोरी भएका मोटरसाइकल र २७ वटा मोबाइल फोन बरामद गरि सम्बन्धित धनीको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ।

    लागुऔषधमा संलग्नहरुले नै मोटरसाइकल चोरी गर्ने गरेको स्थानीयहरुको भनाइ छ।


No comments:

Post a Comment