Wednesday, February 16, 2022

नेविसंघ सर्लाही क्याम्पस इकाई कमिटीको सभापतिमा मनिष यादव विजयी


 



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ४

   नेपाल विधार्थी संघ सर्लाही क्याम्पस इकाई  कमिटीको सभापतिमा मनिष यादव चयन भएको छ।नेविसंघ सर्लाही क्याम्पसको मंगलवार बसेको तेस्रो साधारणसभाको बैठकबाट यादव सर्वसम्मतिबाट सभापतिमा चयन भएको हो।  

   अमीत यादवको अध्यक्षता तथा  नेविसंघ मलंगवा नगर कमिटीका अध्यक्ष ओम रंजम कर्णको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा उपसभापति कैमुल मिकरानी,गौरव,जिल्ला प्रतिनिधि धिरज यादव लगायत नेविसंघ इकाई सदस्यहरुको उपस्थिति रहेको थियो।

  


 


No comments:

Post a Comment