Sunday, February 6, 2022

नाला र पुल निर्माणको काम समयमा सम्पन्न नहुँदा मलंगवाको मुटु बालमन्दिर चौकको सडक अस्तव्यस्त,आवतजावतमा समस्या व्यापारीको ब्यापार चौपट

 





मनोज यादव--

सर्लाही,माघ २३

     सर्लाहीको सबैभन्दा पुरानो तथा पहिलो नगरपालिका मलंगवा बजारको मुटु मानिने बालमन्दिर चौक अहिले कुरुप बनेको छ।उक्त  क्षेत्रमा झण्डै एक महिनादेखि बन्दैको नाला र पुलको काम समयमा पूरा नहुँदा सो सडक भएर हिंड्ने पैदल यात्रीदेखि साना ठुला सबैखाले सवारीसाधनहरुलाई आवतजावतमा समस्या भइरहेको छ।

    सो सडकमा भइरहेको काम  एकदुई दिन काम गरेर पुनः बन्द गर्ने र स्थानीयहरुको दवाब पछि पुनः  काम सुरु गर्ने र दुईदिन पछि फेरी काम बन्द गर्ने लापरबाहीपुर्ण प्रवृत्तिले गर्दा  निर्माणको काम ठप्प बनेको छ ।

    नालसहितको पुल निर्माणको काम ठप्प हुँदा बजार क्षेत्र कुरुप बनेको छ।चारै तिर खाल्डाखुल्डी बनेका छन् ।निर्माण सामाग्रीहरु जताततै फालिएका छन् ।सडक छेउमा रहेका पुराना नालाहरुबाट निस्केका फोहर पानीले सडकलाई डुबाएको छ।सडकमा भएका खाल्डाखुल्डीले गर्दा दुर्घटनाको  जोखिम समेत बढेको छ । अहिले बेमौसमी वर्षा भइरहेको छ।यस्तो समयमा  सडक निर्माण र ढल निकासको काम अलपत्र हुँदा बजारक्षेत्रमा डुवानको जोखिम बढेको भन्दै स्थानीय व्यापारी  त्रसित बनेका छन् ।

    मलंगवा बजारमा  कपडाको व्यापार गर्दै आएका एक व्यापारीले  सबैतिरबाट नाला बन्द हुँदा पसलको अगाडिबाट आवतजावत गर्ने समस्या हुन थालेको बताउँदै नगरपालिका र निर्माण कम्पनीको कमजोरीका कारण व्यापारीले सास्ती खेप्नुपरेको गुनासो गरे। बजार क्षेत्रको समस्या अहिलेको मात्रै होइन । पहिला पनि कैयौंपटक यहाँका व्यापारीले लाखौंको क्षति व्यहोरिसकेको उनीहरूले बताए ।

   निर्माण कम्पनी र नगरपालिकाले पानीको निकासका लागि बन्दै गरेको नाल र पुलको काम समयमै सम्पन्न नगरे वर्षातको मौसममा   यहाँका व्यापारी लगायत स्थानीयबासीन्दालाई निकै समस्या हुनसक्छ । 




No comments:

Post a Comment