Monday, February 14, 2022

नेपालको कृषि क्षेत्रमा कृषि क्रान्ति ल्याउन युएई सरकार नेपाल सरकारलाई सहयोग गर्न तयार

 




एसपी यादव---

काठमाडौं,फाल्गुन २

     संघीय सरकारका कृषि तथा पशुपन्छि विकास मन्त्री महेन्द्र राय यादवसँग नेपालस्थित युएई दूतावासका राजदूत सईद हमदान अलनाक्बीले शिष्टाचार भेटघाट गरेका छन् । कृषि तथा पशुपन्छि विकास मन्त्रालय सिंहदरबारमा सोमबार उनले भेट गरेका हुन् । सो भेटको अवसरमा राजदूत अलनाक्बीले रासायनिक मल, मल कारखाना निर्माण, कृषि बाली वस्तुको आयात तथा निर्यातमा सहजीकरण र नेपालको समग्र कृषि क्षेत्रमा कृषि क्रान्ति ल्याउनका लागि युएई सरकारले नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको बताएको छ ।


राजदूत अलनाक्बीले नेपालको कृषि क्षेत्रमा देखाएको चासो र सहयोग प्रति मन्त्रीले धन्यवाद व्यक्त गरे । दुई देशबीच सहकार्यको वातावरण निर्माण गरि युएईका अत्याधुनिक प्रविधिहरु नेपालमै भित्र्याएर कृषिलाई आधुनिकीकरणको माध्यमबाट उत्पादित कृषि बालि बस्तुको बजार युएई लगायत अन्य मुलुक समेत हुन् सक्ने मन्त्रीले बताए । साथै उनले युएईमा रहेका नेपाली कामदारहरुको अवस्था, रोजगारी र सेवा सुविधाको विषयमा चासो समेत देखाएका थिए ।


No comments:

Post a Comment