Monday, February 7, 2022

सर्लाहीका ईट्टा उद्योग व्यवसायीले सर्लाहीका सिडियोलाई ज्ञापनपत्र बुझाए

 


मनोज यादव---

सर्लाही,माघ २४

    सर्लाही ईट्टा उद्योग व्यवसायी संघ मलंगवा सर्लाहीले विभिन्न ५ शुत्रिय माँगहरु राखेर सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।

    संघका अध्यक्ष मेथुर चौधरीको अगुवाइमा उद्योगी व्यवसायीको टोली सोमबार मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई     संघका सचिव भगवान मैनालीद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझाएका हुन।

   उक्त ज्ञापनपत्रमा बेमौसमी वर्षाका कारण ईट्टा उद्योगहरुमा भएको क्षतिको यकिन गरि क्षतिपूर्तिको व्यवस्था गर्न,जिल्लामा गैरकानुनी रुपमा संचालनमा रहेका चदरा ईट्टा भट्टाहरु यथाशीघ्र बन्द गराउन अथवा कानुनी दायरामा ल्याउन ,कच्चा ईट्टाको बिमा गर्न बिमा कम्पनी तथा उद्योगीहरुको बिचमा सहजीकरण गराउन ,कर मिनहा गर्न सिफारिस गर्न र सहुलियत व्याजदरमा बैंक श्रृणको व्यवस्था गराउन लगायतका मागहरु समेटिएका छन् ।

No comments:

Post a Comment