Wednesday, February 9, 2022

अस्पतालकाे बाथरुमबाट अचेत अवस्थामा लागूऔषधसहित एक युवक पक्राउ

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ २६

   सर्लाहीको लालबन्दी नगरपालिका वडा न-१ मा रहेको मोडल अस्पतालको बाथरुममा आफ्नो साथमा लागुऔषध लिएर अचेत अवस्थामा लडिरहेको अवस्थामा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

   सोमबार साँझ ५ बजेको समयमा उक्त अस्पतालको बाथरुमा एक युवक अचेत अवस्थामा लडिरहेको सूचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय लालबन्दीबाट गएको प्रहरी टाेलीले  लागूपदार्थकाे रूपमा प्रयाेग हुने ईन्जेक्शनमा हाल्ने ३ प्रकारकाे एम्पुल सहित बरहथवा नपा-९ बस्ने २५ वर्षीय सुमित गुरुङलाई नियन्त्रणमा लिएकाे हो।

   उनकाे साथबाट ८ एम्पुल नाेर्फीन, ९ एम्पुल लाबाेरेट र ९ एम्पुल फेनार्गन बरामद भएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ। गुरुङलाई ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No comments:

Post a Comment