Sunday, February 13, 2022

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी झण्डै एक वर्षपछि पक्राउ

 



---सजय भुक्तान गराउन अदालतको जिम्मा लगाइयो---


लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १

    सर्लाहीको हरिवनबाट सवारी ज्यान सम्बन्धि मुद्दामा अदालतबाट सजाय तोकिएका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हरिवन नगरपालिका वडा न-८ बस्ने  अन्दाजी वर्ष ३० को सुरज भन्ने चुडा बहादुर राई रहेको छ।

     शुक्रवार बिहान ११ बजे इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले निजलाई आफ्नै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका राई उपर सर्लाही जिल्ला अदालतले २०७७ साल चैत ९ गते सवारी ज्यान  मुद्दामा दुई महिना कैद र २० हजार रुपैया नगद जरिवानाको सजाय सुनाएको थियो ।

    नियमअनुसारको कैद जरिवाना असुल उपरको लागि निजलाई जिल्ला अदालत सर्लाहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले  जनाएको छ ।


No comments:

Post a Comment