Monday, February 14, 2022

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई सर्लाहीको जिल्ला स्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न

 


 



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन २

   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सर्लाहीले स्थानीय तहबाट संचालित पकेट कार्यक्रमको प्रगति समीक्षा तथा रिपोर्टिङ सम्बन्धि गोष्ठी सम्पन्न गरेको छ ।

    सोमबार मलंगवा स्थित जिल्ला समन्वयन समिति सर्लाहीको  सभाहलमा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रमहरुको प्रगति समीक्षा तथा रिपोर्टिङ गरि  गोष्ठी सम्पन्न गरिएको हो ।

     गोष्ठीमा कार्यालय प्रमुख राम दरेश रायले यस इकाईबाट संचालित कार्यक्रमहरुको अर्द्धवार्षिक  समीक्षाको प्रस्तुति गरेका थिए भने परियोजना समन्वय इकाई जनकपुरका प्रमुख युगल किशोर तिवारीले गोष्ठीमा सहभागीहरुलाई परियोजनाको परिचय,मधेश प्रदेश अन्तर्गत जिल्ला प्राथमिकता बाली तथा बस्तुहरु र जोन, सुपर जोन र बजेटक बारेमा जानकारी गराएका थिए।

   जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुरको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा जिल्लाका २० वटै स्थानीय तहका कृषि तथा पशु शाखा प्रमुखहरुले आआफ्नो पकेटको रिपोर्टिङ प्रस्तुत गरेका थिए। अधिकृतहरुले आफ्नो कार्यक्षेत्रमा गरेका मुख्य उपलब्धीहरु, प्रगति विवरण, परियोजना कार्यान्वयनका प्रमुख समस्या र समाधानका लागि अवलम्बन गरिएका प्रयासहरु, कार्यक्रमको सिकाई र अनुभव लगायतका विषयमा प्रस्तुती दिएका थिए ।






No comments:

Post a Comment